
१२ मंसिर, धादिङ –
इराकको राजधानी बग्दादमा भएको आत्मघाती आक्रमणमा कम्तिमा १७ जनाको ज्यान गएको छ । दुई आक्रमणकारीले बग्दादको दक्षिण पूर्वी क्षेत्र नाहरावानमा आक्रमण गरेका हुन् ।
घटनामा २८ जना घाइते भएको स्थानीय सञ्चारमाध्यमलाई उद्धृत गर्दै समाचार संस्था रोयटर्सले जनाएको छ । बिद्रोही संगठन इस्लामिक स्टेट (आइएस) ले घटनाको जिम्मेवारी लिएको छ ।
आक्रमणकारीले सर्वसाधारण नागरिकको भिड लागेको ठाउँमा अन्धाधुन्ध गोली चलाएका हुन् । एक आक्रमणकारीले आफैलाई विस्फोट गराएको तथा अर्का एक आक्रमणकारी सुरक्षाकर्मीको जवाफी कारवाहीमा मारिएका छन् ।
२०७४ मंसिर १२ गते प्रकाशित