Wed. Nov 27th, 2024

मंसिर ७ गतेबाट विद्यालय बन्द

४ मंसिर, काठमाण्डौ ।
आगामी मंसिर १० र २१ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि चार दिन विद्यालय बन्द हुने भएका छ ।
निर्वाचन आयोगले गृह मन्त्रालयलाई गरेको सिफारिस अनुसार पहिलो र दोस्रो चरणका निर्वाचनका क्रममा सम्बद्ध क्षेत्रका विद्यार्थीलाई चार दिन बिदा दिइनेछ। पहिलो चरणको चुनाव हुने क्षेत्रमा मंसिर ७ देखि १० सम्म र दोस्रो चरणको निर्वाचन हुने क्षेत्रमा मंसिर १८ देखि २१ सम्म बिदा हुनेछ।

विद्यालयमै मतदान केन्द्र हुने र शिक्षकलाई तयारीमा खटाइने भएकाले पठनपाठन प्रभावित हुने भएको हो। निर्वाचन प्रयोजनका निम्ति अन्य भौतिक पूर्वाधार नभउकाले विद्यालय र शिक्षकलाई प्रयोग गर्नु परेको प्रमुख निर्वाचन आयुक्त अयोधिप्रसाद यादवले बताए।
कान्तिपुर दैनीकबाट
२०७४ मंसिर ४ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: