Sun. Mar 16th, 2025

अमेरिकाको क्यालिफोर्नियामा गोली चल्यो, ४ को मृत्यु

२९ कात्तिक, क्यालिफोर्निया –

 

अमेरिकाको क्यालिफोर्नियामा गोली चल्दा चार जनाको मृत्यु भएको छ । अन्य १० जना घाइते भएका छन् ।

अभिभावकहरुले आफ्ना बालबच्चा विद्यालय लैजाँदै गरेको बेला एक बन्दुकधारीले आक्रमण गरेका थिए । आक्रमणमा बालबालिकाहरु भने मरेका छैनन् ।

वाशिङटन पोष्टका अनुसार गोली चलाउने बन्दुकधारी पनि प्रहरीको जवाफी कारबाहीमा मारिएका छन् । विद्यालयलाई सुरक्षाकर्मीले घेरा हालेर राखेका छन् । यसअघि अमेरिकाको टेक्सासस्थित एक चर्चमा पनि गोली चल्दा २५ जनाको मृत्यु भएको थियो ।

 

२०७४ कात्तिक २९ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: