Wed. Nov 27th, 2024

विद्यार्थी बेहोस हुन थालेपछि धादिङको एक विद्यालय बन्द


२८ कात्तिक, धादिङ –

धादिङको बेनिघाट रोराङ गाउँपालिका वडा नं ८ मा रहेको कालीका माविका विद्यार्थीहरु बेहोस हुन थालेपछि विद्यालय बन्द गरिएको छ ।

एकहप्ता अघिदेखि कक्षा ९ र १० मा पढ्ने छात्राहरु बेहोस हुने, कराउने, चिच्चाउने जस्ता समस्या देखा परेको छ ।  कक्षामा शिक्षकले पढाइरहेको बेलामा बेहोस भएर ढल्ने गरेका छन् । यसले पढाई समेत प्रभावित भएर विद्यालय नै बन्द गरिएको शिक्षकहरुको भनाई छ ।

यस्तो समस्या गत वर्षपनि देखिएको थियो । अहिलेपनि यहि समस्या दोहोरिएको छ । सुरुमा एक, दुई जनामा यस्तो समस्या आएको थियो । अहिले १०, ११ जनामा छात्राहरु बेहोस हुन थालेपछि विद्यालय नै बन्द गरिएको प्रधानाध्यापक विष्णु भट्टराईले जानकारी दिए ।

विद्यार्थी बेहोस भएपछि उनीहरुका अभिभावकले स्वास्थ्य संस्थामा जाँच गराउन लगेका थिए तर जाँच गराउँदा शरीरमा कुनै रोग नभएको चिकित्सकहरुले जानकारी दिएका छन् । अभिभावकले धाँमीझाक्री पनि लगाएका छन् तर बिसोक नभएको भट्टराईले जानकारी दिए । यो तनावका कारण हुने भएकाले औषधी उपचारबाट समस्या समाधान नहुने मनोपरामर्शदाताहरुको भनाई छ ।

२०७४ कात्तिक २८ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: