Wed. Nov 27th, 2024

मधुमेह दिवस धादिङमा पनि मनाईयो

२८ कात्तिक, धादिङ-

आज विश्व मधुमेह दिवस विभिन्न कार्यक्रम गरी नेपालमा पनि मनाइदैछ । सन् १९९१ देखि मनाउन थालिएको यो दिवसका अवसरमा मधुमेह रोग सम्बन्धी जनचेतना जगाउन विभिन्न कार्यक्रम गरिदै आइएको छ ।

करिब सय जना मध्ये ९/१० जना मधुमेहको शिकार हुने गर्दछन् । विश्व स्वास्थ संगठनका अनुसार सन् २०१४ मा भएको सर्वेक्षण अनुसार विश्वभरि ४२ करोड वयस्क हरु मधुमेह रोगबाट संक्रमित छन् । धादिङ जिल्लामा २०७३/०७४ मा ३ हजार ६ सय ९६ जनाले मधुमेह जाँच गराएका थिए, जसमध्ये ४ सय ७७ जनामा मधुमेह देखिएको जिल्ला स्वास्थ्य कार्यलय धादिङले जनाएको छ ।

दैनिक खानपानमा ध्यान दिने,नियमित ब्यायाम गर्ने,तनावमुक्त जीवनशैली अपनाउने गर्दा मधुमेहबाट बच्न सकिने चिकित्सकहरुको सुझाव छ । खानामा कार्वोहाइडेटको मात्रा बढि प्रयोग गर्नाले चिल्लो र गुलियो पदार्थ बढि खानाले पनि मधुमेह संभावना हुन्छ ।

२०७४ कात्तिक २८ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: