कात्तिक २८ ।
इराज र इराकको उत्तरी सीमा क्षेत्रमा ७ दशमलव ३ रेक्टर स्केलको भूकम्प जाँदा ज्यान गुमाउनेको संख्या चार सय नाघेको छ । सात हजार भन्दा बढी घाइते भएका छन । यो भूकम्प विश्वमा सन २०१७ मा गएको अहिलेसम्मकै सबैभन्दा विनाशाकारी बनेको छ ।
भूकम्पका कारण ज्यान गुमाउनेमा अधिकांश इरानको पश्चिमी क्षेत्रका छन । इरानमा मात्रै कम्तिमा चार सय १३ जनाको ज्यान गएको सरकारी अधिकारीले बताएका छन । इराकमा कम्तिमा ९ जनाको ज्यान गएको बिबिसीले उल्लेख गरेको छ ।
इरानमा भूकम्पका कारण ७० हजार भन्दा बढी मानिस विस्थापित भएका छन्न। अहिले उद्धार तथा भत्किएका भवनमा पुरिएका मानिसको जीवितै उद्धारका लागि प्रयास भइरहेको छ । भूकम्पको धक्का टर्की र इजरायलमा पनि महशुस गरिएको थियो ।
२०७४ कार्तिक २८ गते प्रकाशित