Sun. Mar 16th, 2025

हेलिकप्टर दुर्घटनामा साउदी राजकुमारको निधन

२० कार्तिक।
हेलिकप्टर दुर्घटनामा परी साउदी अरेबियाका एक राजकुमारको मृत्यु भएको छ । राकुमार मन्सुर बिन मुक्रिन चढेको हेलिकप्टर यमनको सीमा नजिक दुर्घटना हुँदा उनको निधन भएको साउदी अरेबियाको राष्ट्रिय टेलिभिजनले जनाएको छ । असिर प्रान्तका उप राज्यपाल राजकुमार मन्सुर अरु सरकारी अधिकारीसहित हेलिकप्टर भ्रमणमा थिए ।

दुर्घटनाको कारण नखुलेको बिबिसीले जनाएको छ । युवराज मोहम्मद बिन सलमानको नेतृत्वमा रहेको भ्रष्टाचार विरुद्धको नयाँ कमिटिले ११ राजकुमार तथा चार बहालवाल मन्त्रीसहित धेरैलाई पक्राउ गरेको केही दिनमै राजकुमार मन्सुरको हेलिकप्टर दुर्घटना भएको हो ।

दुर्घटनामा निधन भएका राजकुमार मन्सुर पूर्व युवराज मुक्रिन बिन अब्दुल अजिजका छोरा हुन्। सन २०१५ मा बिन अब्दुल अजिजका सौतेनी भाइ सलमानले राजाको जिम्मेवारी सम्हालेपछि उनलाई युवराजबाट हटाएर आफ्ना छोरालाई युवराज बनाएका थिए ।

२०७४ कार्तिक २० गते प्रकाशित

About The Author

अन्य समाचारहरु: