Sun. Mar 16th, 2025

अमेरिकाको टेक्सासमा रहेको चर्चमा अन्धाधुन्ध गोली प्रहार, २६ जनाको मृत्यु

२० कात्तिक अमेरिका –

अमेरिकाको टेक्सासमा रहेको एक चर्चमा बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा कम्तिमा २६ जनाको ज्यान गएको छ । अरु २४ जना घाइते भएका छन् ।

आइतबारको नियमित प्राथनाका लागि मानिस जम्मा भएका बेला एक बन्दुकधारीले टेक्सासको विल्सन काउन्टीमा रहेको चर्चमा अन्धाधुन्ध गोली चलाएको स्थानीय अधिकारीलाई उद्धृत गर्दै सिएनएनले जनाएको छ । चर्चमा पसेका बन्दुकधारीले स्थानीय समय अनुसार आइतबार बिहान साढे ११ बजे बन्दुक चलाएको प्रहरीले जनाएको छ ।

टेक्सासको इतिहासमै यो सबैभन्दा ठूलो र दुःखद गोलीकाण्ड रहेको गभर्नर ग्रेग एबोटले बताएका छन् । अन्धाधुन्ध गोली चलाउने बन्दुकधारी घटना लगतै जवाफी कारवाहीमा मारिएको पनि उनले पुष्टि गरे । गाडीमा चढेर भाग्दै गरेका आक्रमणकारी प्रहरीको कारवाहीमा मारिएका हुन् । घटनामा ज्यान गुमाएकाको परिचय अहिलेसम्म खुलेको छैन र उद्धार तथा छानबिनको काम भइरहेको सरकारी अधिकारीले बताएका छन् ।

यसअघि न्युयोर्कमा गएको हप्ता एक व्यक्तिले साइकल लेनमा ट्रक चलाउँदा ८ जनाको ज्यान गएको थियो । अमेरिकामा पछिल्लो समय यसकिसिमका घटना बढ्दै गएका छन् ।

 

२०७४ कात्तिक २० गते प्रकाशित

About The Author

अन्य समाचारहरु: