Sun. Mar 16th, 2025

अमेरिकामा धादिङ समाज गठन

१५ कात्तिक,  धादिङ –

अमेरिकामा धादिङ समाज धादिङ गठन गरिएको छ । धादिङ जिल्लामा जन्मिएर विभिन्न प्रयोजनार्थ संयुक्त राज्य अमेरिकामा बसोबास गरिरहेका सम्पूर्ण जिल्लाबासीलाई एउटै मालामा समेट्ने उद्देश्य अनुरुप ऐतिहासिक कार्यको थालनी भएको छ ।

२९ अक्टोवरमा अमेरिकाको न्युयोर्कस्थित सन्नीसाइडमा भएको भेलाले सामाजिक रुपान्तरण, आपसी सद्भाव र सहकार्यका लागि धादिङ समाज अमेरीका नामक संस्था विधिवत सुरु गरिएको हो ।
पहिलो भेलामा उपस्थित सहभागीहरुले अमेरिकाको ब्यस्त जीवनशैलीमा ब्यक्ति बिशेषलाई आइपर्ने कठिनाई निराकरण गर्न र एकआपसमा भाइचारा अभिबृद्धि गर्नका लागि संस्थालाई जीवन्त राख्ने बताएका छन् ।

पहिलो भेलाले नवराज के.सी., राजन गौली, टक बहादुर रुवाली, अकुर लुइटेल, रंजित गौली, दिवाकर पाण्डे, भक्त बहादुर गुरुङ, रमा खतिवडा, अमृत अर्याल, बिकास कंडेल, नविना अधिकारी, उर्मिला श्रेष्ठ, राज कुमार श्रेष्ठ, रामेश्वर बुर्लाकोटी र राम मल्ल ठकुरीलाई सर्वसम्मत चयन गरेको छ ।

जिल्लाबाट आएका नव आगन्तुक सदस्यलाई गतिशिल अमेरीकी श्रम बजारमा काम पाउन गाह्रो हुने र अनेकन समस्याहरु भोग्नुपर्ने बिद्यमान अबस्थामा नवगठित समाजले आबश्यक परामर्शसहित भौतिक, मानसिक एवं क्षमता अनुसारको रोजगारीमा लगाई स्तरोन्नती गर्न प्रभावकारी भुमिका बहन गर्ने मुख्य कार्यलाई प्राथमिकतामा राख्नु अति उत्कृष्ट पक्ष रहेको सहभागीहरुले बताए । भेलाले आउँदो मे २०१८ मा पहिलो साधारण सभा सिहतको सम्मेलन गरेर स्थायी कार्यसमितिबाट समाजलाई अघि बढाउने अनौपचारिक निर्णय समेत गरेको छ ।

२०७४ कात्तिक १५ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: