Sun. Mar 16th, 2025

अष्ट्रेलियामा मृत्युको मुख्य कारण मुटु रोग

कान्बेरा: अष्ट्रेलियामा मृत्यु भएका मध्ये सबैभन्दा धेरै मुटु रोगका कारण मृत्यु भएको पाइएको छ ।

सन् २०१६ मा मृत्यु भएकाको तथ्यांकलाई हेर्दा मुटु रोग नै मृत्युको मुख्य कारण देखिएको बुधबार सार्वजनिक गरिएको एक प्रतिवेदनमा उल्लेख छ।

वर्षभरीमा मृत्यु भएका कुल एक लाख ५८ हजार ५०४ जनामध्ये १९ हजार ९९ जनाको मुटुसम्बन्धी रोगका कारण मृत्यु भएको पाइएको छ। यो संख्याका आधारमा हेर्दा मृत्यु भएका मध्ये १२ प्रतिशतको मृत्युको पछाडि मुटु रोग देखिएको छ।

त्यसैगरी दोस्रो मुख्य कारण मनोभ्रंश भएको छ। मनोभ्रंशका कारण ८.३ प्रतिशतको मृत्यु भएको प्रतिवेदनमा जनाइएको छ । वर्षभरी मृत्यु भएका मध्ये ६.६ जनाको मृत्यु भने दिनमागमा रगत जमेर हुने समस्या (सेरेब्रोभास्कुलर) का कारण हुने गरेको पाइएको छ । यो मृत्युको तेस्रो ठूलो कारण देखिएको छ।

About The Author

अन्य समाचारहरु: