Fri. Mar 7th, 2025

भारतले न्युजिल्याण्डलाई ६ विकेटले हरायो

 

९ कार्तिक ।
भारतले न्युजिल्याण्डसँगको एकदिवसीय क्रिकेट श्रृङ्खला १–१ को बराबरीमा पु¥र्याएको छ ।

दोश्रो एकदिवसीयमा न्युजिल्याण्डलाई ६ विकेटले हराउँदै भारतले श्रृङ्खला बराबरी गरेको हो । न्युजिल्याण्डले दिएको २ सय ३१ रनको लक्ष्य भारतले ४ ओभर बाँकी छँदै ४ विकेट गुमाएर भेट्टायो ।

भारतलाई जिताउन शिखर धवनले ६८ र दिनेश कार्तिकले नटआउट ६४ रन बनाए । विराट कोहलीले २९ रन बनाए भने महेन्द्रसिंह धोनी १८ रनमा नटआउट रहे । यी दुई देशबीच अब एउटा एकदिवसीय र ३ वटा ट्वाण्टी–ट्वाण्टी खेल हुन बाँकी छ ।

२०७४ कार्तिक ९ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: