Mon. Mar 10th, 2025

धादिङमा बाम गठबन्धन एमाले र माओवादी केन्द्रका उम्मेदवारहरु (नामावली सहित)

४ कात्तिक,  धादिङ –

 

धादिङ जिल्लामा बाम गठबन्धन नेकपा एमाले र माओवादी केन्द्रले मंसिर १० गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा चुनावका लागि उम्मेदवार तय गरेको छ ।

धादिङ जिल्लामा प्रदेश ४  र प्रतिनिधि सभा २ गरी ६ क्षेत्र मध्ये चार वटा नेकपा एमाले र दुई क्षेत्र नेकपा माओवादी केन्द्रले बाँडफाँट गरेका छन् ।

दुई वटा प्रतिनिधि सभा रहेको धादिङ जिल्लाको दुवै क्षेत्र नेकपा एमालेको भागमा परेको छ । प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं १ मा नेकपा एमालेका तर्फबाट भूमि त्रिपाठी, प्रदेश निर्वाचन क्षेत्र नं १ (क) मा नेकपा एमालेका तर्फबाट राजेन्द्रप्रसाद पाण्डे र प्रदेश सभा निर्वाचन क्षेत्र नं १(ख)मा माओवादी केन्द्रका तर्फबाट शालिकग्राम जमरकट्टेल उम्मेदवार छन् ।

त्यस्तै प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं २ मा नेकपा एमालेका तर्फबाट खेमप्रसाद लोहनी, प्रदेश सभा निर्वाचन क्षेत्र नं २(क) मा नेकपा एमालेका तर्फबाट डा.रामकुमार अधिकारी र प्रदेश सभा निर्वाचन क्षेत्र नं२ (ख) मा माओवादी केन्दका तर्फबाट जगत सिंम्खडा उम्मेदवार छन् ।

 

२०७४ कात्तिक ४ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: