

३ कार्तिक, धादिङ –
धादिङको त्रिपुरासुन्दरी गाउँपालिकास्थित सल्यानटारमा भएको फुटबल प्रतियोगीतामा नागेश्वरी युवा क्लव प्रथम भएको छ ।
दिपावलीको अवसरमा दीपज्योति बालक्लवले प्रतियोगीताको आयोजनागरेको हो । प्रतियोगीतामा १० वटा समूहको सहभागीता रहेको थियो ।
प्रतियोगीतामा सल्यानटार युवा समाज द्धितीय र दीपज्योति बालक्लव तृतीय भएको छ । विजयी समूहलाई क्रमश: ५ हजार टर्फि मेडल र प्रमाणपत्र, ३ हजार टर्फि मेडल र २ हजार मेडल र प्रमाणपत्र वितरण गरिएको छ ।
२०७४ कात्तिक ३ गते प्रकाशित