
३ कात्तिक, धादिङ –
नेकपा एमाले र माओवादी केन्द्रले पहिलो चरणमा चुनाव हुने ३२ जिल्लाको सिट बाँडफाँट गरेका छन् ।
धादिङ जिल्लामा प्रदेश २ र प्रतिनिधि सभा ४ गरी ६ क्षेत्र मध्ये चार वटा नेकपा एमाले र दुई क्षेत्र नेकपा माओवादी केन्द्रले बाँडफाँट गरेका छन् ।
दुई वटा प्रतिनिधि सभा रहेको धादिङ जिल्लाको दुवै क्षेत्र नेकपा एमालेको भागमा परेको छ । त्यस्तै प्रदेश निर्वाचन क्षेत्र नं १ (क) मा नेकपा एमाले, १(ख)मा माओवादी केन्द्र, प्रदेश सभा निर्वाचन क्षेत्र नं २(क) मा नेकपा एमाले र २ (ख) मा माओवादी केन्दको भागमा परेको छ ।
दुई दलबीच संविधानसभा २०७० र स्थानीय चुनावका आधारमा निर्वाचन क्षेत्र बाँड्ने सहमति भएको थियो । पहिलो चरणको चुनाव हुने ३२ जिल्लामा एमालेले ५७ र माओवादीले ४३ प्रतिशत सिट पाएका छन् । कार्यदलमा सिन्धुपाल्चोक, रामेछाप, धादिङ लगायतको सिट बाँडफाँटमा सकस देखिएको थियो ।
२०७४ कात्तिक ३ गते प्रकाशित