Thu. Mar 6th, 2025

आधुनिक बाद्यबाधनले लोप हुँदै मादल

सृजना लम्साल/ २ कात्तिक धादिङ –

नेपालमा मात्र बजाइने लोकप्रिय बाजा मादलको धुन आजभोलि लोप हुँदै गएको छ । नयाँ नयाँ प्रविधिको आगमनसँगै मादल कम उपयोगी हुन थालेको छ । अहिले गाउँ गाउँमा वत्ती पुगे संगै म्युजिक सिस्टममा होेडवाजी जस्तै चलेको छ । मादल लगाएत अन्य वाध्यवाधनको साधनको व्ययापारमा कमी हुन थालेको छ ।
गाँउघरमा कुनै चाडपर्व तथा विवाह वर्तवन्धहरुमा बाजागाजा सहित रमाईलो हुने गर्दथ्यो तर विस्तारै आधुनिकता भित्रिएसंगै लोप हुँदै गएको छ । अहिलेका युवापीडिहरुले पनि मादलको माग गर्न छाडेका छन् ।
नयाँ नयाँ बाजा र म्युजिक सिस्टमले पनि मादलको लोकप्रियतालाई कमी बनाएको छ । मादलको विक्रि घटेको सदरमुकाम धादिङबेसीमा रहेको कालिका मादल पसलका प्रोपाईटर रामवहादुर रम्तेलले बताए । २४ वर्ष देखि मादल उत्पादन तथा मर्मत गर्दै आएका निलकण्ठ नगरपालिका ९ का रम्तेल सदरमुकाम धादिङबेसीमा १३ वर्षदेखि मादल पसल संचालन गर्दै आएका छन् ।
उनले भने, ७ वर्ष अघि सम्म तीज र दशैमा ३० देखि ४० वटा र तिहारमा ५० देखि ६० वटासम्म नयाँ मादल बिक्री हुने र त्यतिकै मात्रामा खरी लगाउने काम हुन्थ्यो, अहिले त खरी लगाउन आउने संख्या निकै कमी छ । नयाँ मादल किन्न आउने त वर्षमा २ सय नि पुग्दैनन् । मादल वनाउनको लागि छाला खरीको आवश्यकता पर्दछ ।

   २०७४ कात्तिक २ गते प्रकाशित

 

About The Author

अन्य समाचारहरु: