Sun. Mar 16th, 2025

अमेरिकामा हेपाटाइटिस ‘ए’ का कारण १९ जनाको ज्यान गयो

२ कात्तिक, अमेरिका –

अमेरिकाको क्यालिफोर्नियामा हेपाटाइटिस ‘ए’ का कारण १९ जनाको ज्यान गएको छ ।

क्यालिफोर्नियामा ५ सयभन्दा बढीलाई हेपाटाइटिस ‘ए’ को संक्रमण भएको स्थानीय अधिकारीलाई उधृत गर्दै बिबिसीले जनाएको छ । संक्रमित धेरै व्यक्ति घरविहीन नागरिक हुन् ।

हेपाटाइटिस ‘ए’ को संक्रमण बढेपछि त्यहाँको सरकारले आपतकालीन अवस्था घोषणा गरेको छ । हेपाटाइटिस एले कलेजोमा असर पु¥याउँछ ।

संक्रमित व्यक्तिले प्रयोग गरेका सामान प्रयोग गर्दा तथा संक्रमित व्यक्तिको जुठो खाँदा समेत यो रोग सर्ने गर्दछ ।

२०७४ कात्तिक २ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: