Wed. Nov 27th, 2024

डेंगुको प्रकोप फैलिरहेकाले सतर्कता अपनाउन डाक्टरको आग्रह


२५ असोज, धादिङ –

डेंगु रोगको प्रकोप फैलिरहेकाले सतर्कता अपनाउन डाक्टरहरुले आग्रह गरेका छन् ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार धादिङ लगायत १७ जिल्लामा डेंगुको संक्रमण देखिएको छ र यो अझै फैलने अवस्था भएकाले सर्तकता अपनाउन आग्रह गरेका छन् ।

धादिङमा अहिलेसम्म ४३ जनामा डेंगुको सक्रमण भेटिएको जिल्ला स्वास्थ्य कार्यालय धादिङले जनाएको छ ।

अझै १०/१२ दिन डेंगु रोगको जोखिम उच्च रहेको महाशाखाका निर्देशक डा. भीम आचार्यले बताए । पानी परेका कारण सडक लगायत घर आसपासमा जमेको खाल्डाखुल्डीका कारण लामखुट्टे सक्रिय भएकाले संक्रमणको खतरा हुने गर्दछ ।

पछिल्लो १० महिना यता दुई सय ५५ जनालाई डेंगु भएको सरकारी तथ्याङ्क छ ।  भक्तपुर, गोरखा, बाग्लुङ, चितवन, रुपन्देही लगायतका जिल्लामा पनि डेंगु भेटिएको छ । डेंगु रोगको जोखिम भएका केही जिल्लामा किटको अभाव हुँदा उपचार प्रभावित हुने भएको छ ।

२०७४ असोज २५ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: