Fri. Mar 7th, 2025

धुनीबेसी गोल्डकप : ह्याप्पी नेपाल, ब्लुमिङ लोटस र नौविसे सामाजिक संस्थान विजयी


२४ असोज, धादिङ –

धादिङको धुनीबेसी नगरपालिकामा जारी धुनीबेसी गोल्डकप अन्र्तगत मंगलबार भएको खेलमा ह्याप्पी नेपाल, ब्लुमिङ लोटस र नौविसे सामाजिक संस्थान विजयी भएका छन् ।

मंगलबार भएको पहिला खेलमा वृशेस्वर युवा क्लब भर्दौरेलाई १ – ० ले हराउँदै ह्याप्पी नेपाल कलंकी विजयी भएको छ । दोस्रो खेलमा हाउडे रकलाई ६- १ ले हराउँदै ब्लुमिङ लोटस स्कुल विजयी भएको छ । तेस्रो खेलमा धुनीबेसी १ लाई २- ० ले हराउँदै नौविसे सामाजिक संस्थान विजयी भएको प्रतियोगीताका संयोजक दिनेश रुपाखेतीले जानकारी दिए ।

धुनिबेशी युवा क्लब र बृशेस्वर युवा क्लबको संयुक्त आयोजना तथा धादिङ जिल्ला फुटबल संघ र खेलकुद विकास समितिको सहयोगमा आयोजना गरिएको प्रतियोगीतामा २८ समूहको सहभागीता रहेको छ ।

प्रतियोगीतामा विजेताले नगद एक लाख शिल्ड, मेडल र प्रमाणपत्र र उपविजेताले हुनेलाई नगद पचास हजार शिल्ड मेड्ल र प्रमाणपत्र प्रदान प्राप्त गर्नेछन् ।

२०७४ असोज २४ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: