Wed. Nov 27th, 2024

डेंगु नियन्त्रणका लागि धादिङमा यस्तो अभियान


२३ असोज,  धादिङ –

 

जिल्ला अस्पताल धादिङले डेंगु नियन्त्रणका लागि सदरमुकाम आसपासमा भएका पुराना टायर संकलन र लामखुट्टेले बासस्थान हुने स्थानहरु नष्ट गर्न सुरु गरेको छ ।

अस्पतालले सयौ पुराना टायरहरु संकलन गरी त्यसलाई उचित ब्यवस्थापन गरिएको छ भने धादिङका स्थानीयहरुलाई सो रोग सम्वन्धि सचेतना गरिएको छ ।

टायर, प्लष्टिकका बोतल र गमलमा जमेको सफा पानी एडिस जातको लमखुट्टको सन्तान जन्माउने उपयुक्त स्थान भएकोले त्यस्ता स्थानहरुहरुलाई नष्ट गर्नु पर्ने सुझाव चिकित्सकहरुले दिएका छन् ।

सदरमुकाम क्षेत्रमा डेंगु गराउने लामखुट्टे अत्याधिक भेटिएको र त्यस क्षेत्रमा विरमीको संख्यापनी अत्याधिक भएका कारण सो क्षेत्रलाई विशेष निगरानीमा राखी स्थानीयहरुले सरसफईका कामहरु पनी गर्न थालेका छन् । यस क्षेत्रमा करीब ९० प्रतिशत घरहरुका पानी जमेका स्थानहरुमा डेंगु गराउने लामखुट्टेका लार्भाहरु फोला परेको जिल्ला जनस्वास्थ्य धादिङले जनाईएको छ ।

पानी जमेका स्थानहरुलाई तत्काल सरसफई गरी फोहर जम्मा हुन नदीन समेत जिल्ला जनस्वास्थ्य कायौलय धादिङले धादिङका स्थानीयहरुलाई आग्रह समेत गरेको छ ।

जिल्ला अस्पतालमा अहिलेसम्म ३५ जना डेंगु संक्रमित विरामीलाई पुष्टि गरी थप उपचारका लागी काठमाण्डौ पठाईएको जिल्ला अस्पताल धादिङले जनाएको छ ।

२०७४ असोज २३ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: