Fri. Mar 7th, 2025

विश्वकपमा छानियो स्पेन

२२ असोज, काठमान्डौ

पूर्व विश्व विजेता स्पेन अर्को वर्ष रुसमा आयोजना हुने विश्वकप फुटबल प्रतियोगितामा छनोट हुँदा अर्को विश्व विजेता इटाली भने प्लेअफमा धकेलिएको छ । युरोपियन छनोटको समूह ‘जी’अन्तर्गत शुक्रबार राति भएको खेलमा अल्बानियालाई ३(० गोल अन्तरले पराजित गर्दै स्पेनले अन्तिम खेलअघि नै रुसको टिकट पक्का गर्दा मेसेडोनियासँग १(१ गोलको बराबरीमा रोकिएपछि इटाली भने प्लेअफमा थकेलिएको छ ।

स्पेनको जितमा रोड्रिगोले १६औं इस्कोले २४औं र थियागो अल्कान्टाराले २६औं मिनेटमा गोल गरे । जितपछि स्पेनले समूहमा २५ अंक जोडेको छ । पूर्व्विजेता इटाली भने २० अंक जोड्दै प्लेअफमा थकेलिएको छ । जर्जियो चिलिनीले गोल गर्दै इटालीलाई पहिलो हाफमा अग्रता दिलाए पनि दोस्रो हाफमा मेसोडोनियाका लागि अलेक्जान्डर ट्राजकोभ्स्कीले बराबरी गोल फर्काउँदै इटलीसँग अंक खोसेपछि स्पेनभन्दा पाँच अंकले पछाडि रहन पुग्यो । अन्तिम खेलमा स्पेन पराजित भए पनि इटालीले उछिन्न नसक्ने भएपछि स्पेनले रुसको टिकट काटेको हो ।

युरोपियन छनोटअन्तर्गत नै समूह ‘डी’को भिडन्त भने रोचक बनेको छ । अन्तिम खेलअघि समूह ‘डी’को शीर्ष स्थानमा रहेको सर्बियाले १८ तथा दोस्रो स्थानको वेल्सले १७ अंक जोडेका छन् । १६ अंक जोडेर तेस्रो स्थानमा रहेको आयरल्यान्डले पनि छनोट हुने सम्भावनालाई बाँकी नै राखेको छ ।
शुक्रबार राति भएका खेलमा अस्ट्रियाले सर्बियालाई ३(२ गोल अन्तरले पराजित गरेपछि वेल्स र आयरल्यान्डले राहत महसुस गरे । वेल्सले भने आफ्नो खेलमा जर्जियालाई १(० गोल अन्तरले पाखा लगायो । आयरल्यान्डले पनि माल्डोभामाथि २(० को जित सहज निकाल्यो ।

यसैगरी समूह ‘आई’मा भने आइसल्यान्ड विश्वकप छनोट नजिक पुगेको छ । आइसल्यान्डले टर्कीलाई ३(० ले हराएर रुस विश्वकपमा छनोट नजिक पुगेको हो । यही समूहको अर्को खेलमा क्रोएसिया र फिनल्यान्डले १(१ को बराबरी खेले । युक्रेनले कोसोभोलाई २(० ले पराजित गर्यो । समूह ‘आई’को शीर्ष स्थानको आइसल्यान्डले १९ अंक जोडेको छ भने दोस्रो स्थानको क्रोएसिया र तेस्रो स्थानको युक्रेनको समान १७(१७ अंक छ । अन्तिम खेलमा जित हात पारे आइसल्यान्ड पहिलपटक विश्वकपमा छनोट हुनेछ ।
सन् २०१८ मा रुसमा हुने विश्वकप फुटबलमा अहिलेसम्म ११ टोलीले स्थान पक्का गरिसकेका छन् । आयोजक रुससहित युरोपबाट स्पेन, बेल्जियम, जर्मनी र इङ्ल्यान्ड गरी पाँच टोली छनोट भएका छन् । यसैगरी एसियाबाट इरान, दक्षिण कोरिया, जापान र साउदी अरेबिया, उत्तर अमेरिकाबाट मेक्सिको तथा दक्षिण अमेरिकाबाट ब्राजिलले विश्वकपमा स्थान बनाएका छन् ।
२०७४ असोज २२ गते प्रकाशित

 

About The Author

अन्य समाचारहरु: