२१ असोज, धादिङ/
बालविकास सिकाइ केन्द्रका शिक्षीकाहरुका लागी सञ्चालित पुनर्ताजकी तालिम शुक्रवारदेखी धादिङबेशीमा सुरु भएको छ ।
शैक्षणिक क्रियाकलापको क्रममा दैनीकी कार्ययोजना बनाउने तरिका, सानो समुहमा राखेर शिक्षण गर्ने विभिन्न विधि, कला तथा सिपको प्रयोग कसरी गर्ने भन्ने उदेश्यका साथ तालिम आयोजना गरीएको हो ।
शैक्षिक आयाम नेपालको आयोजना, इसी इसी नेपालको प्राविधिक सहयोग र जिल्ला शिक्षा कार्यलय धादिङको साझेदारीमा तालिम सञ्चालन भएको हो ।
२२ जना शिक्षीकाहरुको सहभागिता रहेको तालिममा इसी इसी नेपालका गिता कपाली र प्रभा राइले सहजीकरण गरेका छन् । तालिम तिन दिन सम्म चल्नेछ ।
२०७४ असोज २१ गते प्रकाशित