
२० असोज, धादिङ –
प्रहरी नायव महानिरीक्षक डिआइजी नवराज सिलवाल नेकपा एमालेमा प्रवेश गरेका छन् ।
उनलाई एमाले अध्यक्ष केपी ओलीले टीका लगाएर पार्टी प्रवेश गराएका हुन् । काठमाडौंको बुद्धनगरस्थित एक पार्टी प्यालेसमा आयोजित पार्टी प्रवेश कार्यक्रममा सिलवाल एमालेमा प्रवेश गरेका हुन् ।
सर्वोच्च अदालतबाट आइजिपी प्रकरणको मुद्दा हारेपछि नेपाल प्रहरीको डीआइजीबाट राजीनामा दिएका थिए ।
आफू आइजीपीको दाबेदार भएको तर सरकारले आफूलाई आइजिपी नबनाएको भन्दै सिलवालले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । उनले दायर गरेको सर्वोच्चले खारेज गरेपछि उनले राजीनामा दिएका थिए ।
उनको राजीनामा अहिले पनि स्विकृत नभएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
२०७४ असोज २० गते प्रकाशित