२० असोज ।
विश्व फुटबलको महारथी मानिने टिम अर्जेन्टिना २०१८ को विश्वकपको छनौट यात्रा कठिन मोडमा पुगेको छ ।
शुक्रबार बिहान पेरुसँगको खेलमा गोलरहित बराबरी खेलेपछि विश्व फुटबलका स्टार खेलाडी मेस्सी र उनको टिमको विश्वकप यात्रा जटिल मोडमा पुगेको हो । खेलमा अर्जेन्टिनाले लगातार दबाब बनाए पनि पेरुको रक्षा पंक्ति र गोल रक्षक अर्जेन्टिनाका लागि बाधक बने ।
दक्षिण अमेरिकाको समूहबाट शीर्ष चारमा पर्ने समूह सिधै विश्वकपमा छनौट हुनेछन भने पाँचौ स्थानमा पर्न सफल टिमले न्यूजिल्याण्डसँग प्ले–अफ म्याच खेल्नु पर्नेछ । एक खेल खेल्न बाँकी रहँदा अर्जेन्टिना समूहको छैठौँ स्थानमा रहेको छ ।
पाँचौ स्थानमा रहेको पेरुको भने विश्वकपमा छनौट हुने सम्भावना जीवितै छ । पेरुले अब कोलम्बियासँग आफ्नो अन्तिम खेल खेल्नेछ ।
अर्जेन्टिनाले अर्को हप्ता इक्वेडरसँग खेल्नेछ । इक्वेडरसँगको खेल जितेर पनि अर्जेन्टिनालाई विश्वकपमा छनौट हुन अरु टिमको खेलमा भर पर्नु पर्दछ ।
त्यस्तै उरुग्वेलाई भेनेजुएलाले गोलरहित बराबरीमा रोकपछि विश्वकपमा छनौट हुन बाँकी खेलहरु कुर्न पर्ने भएको छ ।
२०७४ असोज २० गते प्रकाशित