Wed. Nov 27th, 2024

धादिङमा डेंगु संक्रमणको संख्या २७ पुग्यो


१९ असोज,  धादिङ –

धादिङमा डेंगु रोगको संक्रमणको संख्या २७ पुगेको छ । जिल्ला अस्पताल धादिङबेसी र स्थानीय नीजी क्लिनिकमा परीक्षणका लागि आएका बिरामी मध्ये २७ जनामा डेंगुको संक्रमण भेटिएको जिल्ला अस्पताल धादिङले जनाएको छ ।

दिनानुदिन संक्रमणको संख्या बढ्दै जाँदा स्थानीय क्रसित बनेका छन् । खासगरी सदरमुकाम आसपासका क्षेत्रमा संक्रमणको संख्या बढ्दो छ । अस्पतालका मेडिकल सुपरिटेन्डन गौरव महत्तोका अनुसार अस्पतालमा जाँच गर्न आएका मध्ये दिनमा तीन जना जतिलाई डेंगुको संक्रमण हुने गरेको बताए । उनले भने – ‘डेंगु रोगको संक्रमण दिनानुदिन बढ्दै गएकाले डेंगुको लार्भा खोजेर नष्ट गर्नु नै अहिले नियन्त्रणको सबैभन्दा उत्तम उपाय हो । ’

स्थानीय समुदायलाई सचेत पार्न तथा रोगको अवस्था अध्ययनका लागि इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको टोली धादिङ आइपुगेको छ । टोलीले नीलकण्ठ नगरपालिकाको २२ सय घरमा स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, टोलसुधार समिति लगायतको टोली पुगेर अवस्था अध्ययन गरेका थिए । जिल्ला स्वास्थ्य कार्यालयको पहलमा रोग नियन्त्रणका लागि टोलीले लामखुट्टेको लार्भा खोजेर नष्ट गर्न थालेका छन् ।

 

२०७४ असोज १९ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: