
१९ असोज, झापा –
प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि नेकपा एमाले झापाले उम्मेदवार सिफारिस सुरु गरेको छ । एमाले अध्यक्ष केपी ओली झापा क्षेत्र नं ५ बाट सर्वसम्मत सिफारिस गरिएको छ ।
झापाका पाँच वटै निर्वाचन क्षेत्रका लागि सर्वसम्मत रुपमा उम्मेदवार सिफारिस गरिएको एमाले झापा सचिव मदन अधिकारीले जानकारी दिए ।
झापा क्षेत्र नं १ बाट गोपालचन्द्र बुढाथोकी, क्षेत्र नं २ बाट पवित्रा निरौला खरेल, क्षेत्र नं ३ बाट पुष्पराज पोखरेल, क्षेत्र नं ४ बाट लालप्रसाद (एलपी) साँवा र क्षेत्र नं ५ बाट अध्यक्ष ओलीको नाम सर्वसम्मत सिफारिस गरिसकेको सचिव अधिकारीले बताए ।
२०७४ असोज १९ गते प्रकाशित