Mon. Mar 10th, 2025

खनाल इलाम-१, नेपाल काठमाडौं-२ र नेम्वाङ इलाम-२ बाट उठ्ने

१९ असोज,  काठमाडौं–

प्रतिनिधिसभा निर्वाचनका लागि पूर्व प्रधानमन्त्रीद्वय माधवकुमार नेपाल, झलनाथ खनाल र संविधानसभाका पूर्व अध्यक्ष सुवास नेम्वाङको नाम सर्वसम्मत सिफारिस भएको छ।

नेपाललाई काठमाडौं क्षेत्र नम्बर २ ले सिफारिस गरेको छ भने खनाललाई इलाम १ र नेम्वाङलाई इलाम २ बाट सिफारिस गरिएको छ।

यसअघि एमालेका अध्यक्ष केपी शर्मा ओली झापा क्षेत्र नम्बर ५ बाट सिफारिस भएका थिए। एमालेले प्रतिनिधिसभाको निर्वाचनमा भाग लिने उम्मेदवारहरुको नाम सिफारिस गर्न जिल्ला समन्वय समितिलाई अधिकार दिएको छ।

केन्द्रीय समितिले दिएको उक्त अधिकारमा टेकेर नेताहरुको नाम सिफारिस भएको हो। एमालले प्रदेश र प्रतिनिधिसभाका उम्मेदवार सिफारिसका लागि अलग–अलग समिति गठन गरेको थियो। तीन जना प्रतिस्पर्धीको नाम सिफारिस गर्न पार्टीले दिएको निर्देशन अनुसार नेताहरुको नाम सिफारिस भएको हो।

एमालेले हालसम्म काठमाडौंका तीन वटा क्षेत्रमा प्रतिनिधिसभा उम्मेदवारको नाम सिफारिस गरिसकेको छ। काठमाडौं क्षेत्र नम्बर २ मा नेपाल, ३ मा कृष्णभक्त राई र ४ मा राजन भट्टराईको नाम सिफारिस भएको हो।

नेपाली कांग्रेसका युवा नेता गगन थापा उठ्ने भनी चर्चा भएको कपन क्षेत्रमा एमालले भट्टराईको नाम सिफारिस गरेको थियो।

 

२०७४ असोज १९ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: