Sun. Mar 16th, 2025

नाइजरमा एम्बुस आक्रमण, ३ जनाको मृत्यु


१९ असोज, नाइजर –

अफ्रिकी मुलुक नाइजरमा भएको एम्बुस आक्रमणमा ३ जना अमेरिकी सैनिक मारिएका छन् ।

कयौं नाईजेरियन सेनाको पनि मृत्यु भएको बताइएको छ । यद्यपी नाइजर सरकारले ५ जना नाइजेरियन सैनिक मारिएको मात्र पुष्टि गरेको बीबीसीले जनाएको छ ।

नाईजरको मालीसँग सिमा क्षेत्रमा गस्तीमा रहेको टोली माथि आक्रमण भएको हो । स्थानिय इस्लामिक शसस्त्र समुहसँग संघर्ष गरिरहेको नाइजर सेनाको प्रशिक्षणका लागी केही अमेरिकि सेनालाई त्यहाँ तैनाथ गरिएको छ ।

 

 

२०७४ असोज १९ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: