काठमाडौ । ग्यास व्यवसायीलाई गैरकानुनी काम गर्नबाट रोक्न र बजारमा आपूर्ति सहज बनाउन सरकारले पहल थालेको छ । खाना पकाउने एलपीजी ग्यासको डिपो, वितरक र डिलररविक्रेतालाई अनिवार्य प्रमाणीकरण गर्दै यस्तो तयारी थालिएको हो । प्रमाणीकरणबाट राजधानीभित्र रहेका ग्यास विक्रेताको संख्या, गरिरहेको कारोबार, बिक्री स्थल, उद्योगसँग भएको सम्झौता लगायतको जानकरी सरकारी निकायसमक्ष पुग्नेछ । जसले कालोबजारी नियन्त्रण र अनुगमन सजिलो हुने बताइएको छ । ग्यास क्षेत्रमा देखिएको समस्यालाई समाधान गर्न प्रमाणीकरणको निर्देशन दिने तयारी गरेका छौं ।
तयारी अन्तिम चरणमा पुगेको छ, वाणिज्य तथा आपूर्ति व्यवस्थापन विभागका बजार अनुगमन शाखा निर्देशक हरिनारायण बेल्बासेले भने, यसले बजारमा हुने अस्वस्थ प्रतिस्पर्धाको अन्त्य हुने विश्वास छ । केही दिनभित्र सर्वाजनिक सूचना जारी गरेर प्रमाणीकरण थाल्ने उनले बताए ।
उनका अनुसार विभागले सूचना प्रकाशित गरेको करिब १५ दिनभित्र प्रमाणीकरण गरिसक्नुपर्नेछ । विभागले दिएको निर्देशन पालाना नगरे कानुनअनुसार कारबाही हुने उनले बताए । सूचना प्रकाशित भएपछि अनुगमन गर्छौं । मापदण्ड नपुगेका व्यवसायीको पसल बन्द गर्न सकिन्छ । ग्यास उद्योगीलाई ग्यास नदिन निर्देशन दिन्छौं, उनले भने । पहिलो चरणमा उपत्यकाभित्र -काठमाडौं, ललितपुर, भक्तपुरमा लागू गरिने विभागले जनाएको छ । त्यसपछि यस्तो प्रक्रिया उपत्यका बाहिरका जिल्लामा समेत सुरु गर्ने योजना छ ।
प्रायः जाडो मौसममा उपत्यकामा ग्यासको अभाव देखिने गरेको छ । आपूर्तिमा थोरै गिरावट आउने बित्तिकै केही व्यवसायीले कृत्रिम अभाव गराई नयाँ सिलिन्डर बेच्ने चलखेल गर्दै आएका छन । विभागले केही साताअघि गरेको अनुगमनमा पनि यस्ता केही ग्यास विक्रेताले उद्योगको प्रमाणपत्रबिना सिलिन्डर बेच्ने गरेको फेला पररेको थियो । अनुगमनका क्रममा एउटै व्यवसायीले १४ वटा ग्यास कम्पनीको सिलिन्डर बेच्ने गरेको भेटिएको थियो । निर्देशक बेल्बासेका अनुसार नियमअनुसार एउटा ग्यास बिक्रेताले दुई वटा कम्पनीभन्दा बढीको ग्यास बिक्री वितरण गर्न पाउँदैन ।
प्रमाणीकरणले ग्यास वितरणको अस्वस्थ प्रतिस्पर्धा बन्द हुने दाबी गरिएको छ । ुमापदण्ड पूरा गरेका व्यवसायीलाई मात्रै कम्पनीले डिलरसिप दिन पाइन्छ । एउटा विक्रेताले दुई कम्पनीको मात्रै बिक्री गर्न पाउँछ, बेल्बासेले भने, ुजसले गर्दा जथाभावी सिलिन्डर बेच्न निरुत्साहित हुन्छ । ग्यास जोखिमयुक्त भएकाले सुरक्षाको न्यूनतम उपाय अपनाउनुपर्ने उनले बताए ।
यस्तै प्रमाणीकरणले उपत्यकाभित्र रहेका विक्रेता डिलरको यकिन संख्या थाहा हुनेछ । जसले गर्दा बजार अनुगमनरनियमन गर्न धेरै सजिलो हुने विभागको दाबी छ । व्यवसायीका अनुसार मुलुकभरि करिब १० हजार विक्रेता छन् । उपत्यकामा २ हजार ५ सयको हाराहारी रहेको बताइन्छ । सबैभन्दा बढी नेपाल ग्यासका विक्रेता छन् । नेपाल ग्यासका करिब २ सय १० डिलर छन् । नेपाल ग्यासको उद्योग उपत्यकामा मात्रै छ । कुन क्षेत्रमा कति विक्रेता छन् । नियमन गर्न सजिलो हुनेछ, उनले भने । मुलुकभर ५५ वटा ग्यास उद्योग छन् । जसमध्ये दुइटा सवारी साधनमा उपयोग हुने ग्यासको बोटलिङ गर्छन् ।
इकान्तिपुर अनलाइनबाट