१८ असोज, धादिङ –
धादिङ जिल्लामा २२ जनामा डेङ्गु रोगको संक्रमण भेटिएको छ । दुईसातादेखि सदरमुकाम धादिङबेसी आसपासमा डेङ्गु रोगका बिरामी बढेपछि सचेत हुन जिल्ला स्वास्थ्इ कार्यलय धादिङले आग्रह गरेको छ । आफ्नो घर आँगन सफा भए रोगको प्रकोप कम हुने भन्दै यहाँका स्थानीय युवाहरुले सचेतना कार्यक्रम सुरु गरेका छन् ।
उनीहरुले आ–आफ्नो टोलमा लामखुट्टे नास गर्नका लागि सरसफाई गर्ने मात्र होईन औषधी छर्ने काम समेत आफैले गरेका छन् । एडिज नामक पोथी लामखुट्टेको टोकाईबाट मानिसमा सर्ने सो रोग धादिङमा कहाँबाट आएको हो भन्ने कुराको थप अनुसन्धान भई रहेको जिल्ला अस्पताल धादिङले जनाएको छ ।
जिल्ला सदरमुकाम स्थित बजार क्षेत्रका मात्र दुई हप्तामा २२ जनामा डेङ्गु रोगको संक्रमण फोला परेपछी अहिले बजार नै आतंकीत बनेको छ ।
बजार क्षेत्रमा दर्जनौ स्थानीयहरुमा उच्च ज्वरोका कारण विरामी समेत परेका छन् । भने धेरै जसो अस्पतालमा उपचार गराई चिकित्सकहरुको निगरानीमा रहेको पनी जिल्ला अस्पताल धादिङले जनाईएको छ ।
जिल्ला अस्पतालमा संखास्पद बिरामीको चाप पनि अत्याधिक बढेको छ भने धेरै जसो बिरामी रोगको शंङका लाग्नसाथ काठमाण्डौका अस्पतालमा उपचारका लागि जाने गरेका छन् ।
नगरपालीकाले फोहरको उचित ब्यवस्थापन गर्ने नगरेकाले पनि लामखुट्टेको संक्रमण बड्दो भएका कारण यस रोगको प्रकोप अत्याधिक बृद्धि भएको अनुमान स्थानीयहरुको रहेको छ ।
धादिङमा डेङ्गु रोग नियन्त्रण भन्दा बाहिर रहेकाले स्थानीयलाई आफ्नो घर आँगन सफा राख्नका साथै, पानी जम्ने खाल्टा खुल्टी नाराख्न र यदी पनी जमेको स्थान भए पुर्न मिल्ने स्थानमा पुरी दिन र पुरन नमिल्ने पानी जमेको स्थानमा मट्टि तेल लगाएत अन्य लामखुट्टे नास गर्ने औषधीहरुको प्रयोग गर्न जिल्ला अस्पताललले सुझाव समेत दिईएको छ ।
गाडिको टायरमा जमेका पानी लगायत अन्य प्लाष्टिकका थोत्रा पुराना भाडाहरुमा लामो समयसम्म जम्मा हुने पानी लगाए एसि र कुलरबाट निश्किएका पानीहरुको ब्यवस्थापनमा पनी स्थानीयहरुलाई सुझाव दिएको छ ।
२०७४ असोज १८ गते प्रकाशित