Fri. Mar 7th, 2025

ताल्ती गोल्डकपको उपाधि लबाङ युबा क्लबलाई


११ असोज, धादिङ –

ताल्ती गोल्ड कपको उपाधि लबाङ युबा क्लबले हात पारेको छ ।

धादिङको वेनिघाट रोराङ गाउँपालिका वडा नं २ ताल्तीमा भएको खेलमा ९ वटा समूहको सहभागीता रहेको थियो ।

उज्यालो युवा क्लबको आयोजनामा भएको खेलमा लालीगुरास युबा क्लब पिपल टार उपविजेता भए । प्रतियोगीतामा विजेता लबाङ युबा क्लबले २० हजार नगद र उपविजेता लालीगुरास युबा क्लबलाई १० हजार नगदसहित ट्रफि प्रदान गरिएको तुलसीजंग थापाले जानकारी दिए ।

प्रतियोगीतामा उत्कृष्ठ खेलाडीका रुपमा आशिष मगर र उत्कृष्ठ किप्परको रुपमा आशिष पुरीलाई पुरस्कृत गरिएको थियो ।

२०७४ असोज ११ गते प्रकाशित

 

About The Author

अन्य समाचारहरु: