Fri. Mar 14th, 2025

जिल्ला प्रहरी कार्यलय धादिङको चाडपर्व विशेष सुरक्षा कार्ययोजना यस्तो छ

चाडपर्वलाई मध्यनजर गर्दै जिल्ला प्रहरी कार्यालय धादिङले सुरक्षाअवस्थालाई कडाई गरेको छ । आपराधिक गतिविधि तथा शान्ति सुरक्षा प्रदानका ठाउँठाउँमा प्रहरी परिचालन तथा यात्रु सहायता कक्षको स्थापना गरिएको छ । धादिङको शान्ति सुरक्षाका विषयमा धादिङका प्रहरी उपरिक्षक धुुव्रराज राउतसँग पाविलन्यूज डटकमका संवाददाता सृजना लम्सालले गरेको कुराकानीको सारसंक्षेप

चाडपर्वमा धादिङमा शान्ति सुरक्षाको व्यवस्थापन कसरी गरिएको छ ?

चाडपर्वलाई व्यवस्थित बनाउन जिल्ला प्रहरी कार्यलय धादिङको तर्फवाट सुरक्षा व्यवस्था कायम गरिएको छ । सम्भावित खतरायुक्त ठाउँमा विकेटहरु राख्ने तथा २४ घण्टा प्रहरी तैनाथ गरिरहेका छौँ । यसैगरी विकेटहरुको बीचमा नभ्याउने अवस्था भएकोले हामीले गाडीमा मोवाईल गस्ति पनि संचालन गरिरहेका छौ । भित्र भित्र जहाँ मोवाईल गस्ती जान नसक्ने ठाउँ छन् त्यहाँ पैदल (फुट पट्रोलिङ) प्रहरीहरु खटाएका छौ ।

धादिङको उत्तरी क्षेत्र र राजमार्ग क्षेत्रलाई संवेदनशिल क्षेत्र मानिन्छ यी ठाउँमा घटना घटिराखेको खबर आउने गरेको छ, त्यहाँको सुरक्षालाई कसरी मिलाउनु भएको छ ?

पक्कै पनि अन्य क्षेत्रमा भन्दा राजमार्ग क्षेत्रमा चुनौती धेरै छ । राजमार्ग क्षेत्रमा राम्रोसंग ट्राफिक संचालन गर्न पाइयोस् भनेर मोवाईल पट्रोलिङ सेवा संचालन गरिरहेका छौँ । छिटो र छरितो बनाउनको लागि मोटरसाईकलमा क्वाइक रेस्पोन्स टिम भनेर २ जनालाई खटाएका छौँ ।

यात्रुलाई ठग्ने घटनाहरु अघिल्ला वर्षमा धेरै देखिएका छन्, अहिले यात्रु नठगिउन भनेर के व्यवस्था गरिएको छ ?

दशै तिहारको वेलामा वढि यात्रुहरु आवतजावत गर्ने भएकोले धेरै यात्रुहरु ठगिएका छन् । हामीले यात्रु नठगीउन भनेर यात्रु साहायता कक्ष संचालन गरेका छौँ । जसमा धादिङवेसीको लागि पुछारवजारमा रहेको छ भने पृथ्वी राजमार्गको लागि ईलाका प्रहरी कार्यलय खानीखोला, गजुरी र जोगीमारामा रहेको छ । र सोहि ठाउँमा चालकहरु अलि असहज तरिका भएको जस्तो निदाउने गर्दा दुर्घटना हुन सक्छ की भन्ने कारणले गर्दा चालकहरुसंग एकछिन भलाकुसारी गर्ने उनीहरुलाई फ्रेस मोडमा पठाउने गरेका छौ यसो गर्दा केहि हदसम्म भनेपनि दुर्घटना न्युनिकरण हुन्छ भन्ने आशा राखेका छौ ।

चाडपर्व वाहेक अन्य समयमा शान्ति र सुरक्षा कसरी मिलाई रहनु भएको छ ?

चाडपर्व वाहेक अन्य समयमा भन्दा अन्य समयमा पनि सुरक्षा व्यवस्था उस्तै नै हो तर चाडपर्वको समयमा हेल्प डेस्कहरु बढि राख्ने गर्दछौ । चालकसंग
एक क्षण कार्यक्रमहरु संचालन गरिरहेका छौ । अन्य अवस्थामा पनि खासै फरक छैन सुरक्षाको लागि हामी सदैव प्रतिवद्ध हुनेछौ ।

 अन्त्यमा प्रहरी, संचारकर्मी, स्वास्थ्यकर्मीहरु आफ्नो कार्यक्षेत्रमा मनाउछन्, प्रहरीको दशै चाँहि कस्तो हुनेछ ?

हाम्रो लागि चाडपर्व भनेकै जनता सुरक्षा सव्य र भव्य मनाएको देख्न पाउनु भनेको नै हाम्रो चाडपर्व हो । जुन चाडपर्वको समयमा कुनैपनि दुर्घटना नभई आम नेपाली जनताले चाडपर्व मनाएको देख्दा जति यो मनमा खुसी हुन्छ नि त्यो नै हाम्रो चाडपर्व हो त्यसैले हामी ड्युटीमा नै चाडपर्व मनाउँछौ । र अन्त्यमा सम्पुर्ण देशवासीहरुलाई विजयदशमी तथा शुभदिपावली तथा छठको अवसरमा जिल्ला प्रहरी कार्यलय धादिङको तर्फवाट शुभकामना व्यक्त गर्दछौ ।

मातहत प्रहरी कार्यालयहरुलाई निर्देशनः
–चाडपर्वको मौका छोपी उद्योगपति‚ व्यापारीहरु‚ राजमार्गमा चल्ने सवारी साधनहरुबाट आर्थिक सहयोगको नाममा जवरजस्ती चन्दासंकलन‚ चिठ्ठा उपहार कार्यक्रम जस्ता गतिविधी हुन गर्न नदिने ।
–सर्वसाधारणहरुले बैक तथा वितिय संस्थाहरुबाट रकम झिक्ने‚ सर९सामान किनमेल‚ आउत जावतमा हुन सक्ने चोरी‚ लुटपाट‚ डकैती जस्ता घटनाहरु हुन गर्न नदिने ।
–मुख्य मुख्य स्थान‚ बैक‚ व्यापारी केन्द्र‚ वसपार्क‚ मल तथा सुपर मार्केट‚ मनोरञ्जन स्थलहरु लगायत चक्रपथ वाहिर हुन सक्ने चोरी‚ लुटपाट र अन्य अपराधिक गतिविधीलाई प्रभावकारी नियन्त्रणको व्यवस्था मिलाउने ।
–बजारमा खाद्यन्न लगायत अत्यावश्यक उपभोग्य बस्तुहरुको विक्री वितरणलाई सहज बनाई राख्न सरोकारवालाहरुसंग समन्वय गरी आवश्यक व्यवस्था मिलाउने ।
–बजारमा कृत्रिम अभाव‚ कालो बजारी‚ अस्वाभाविक मुल्य वृद्धि जस्ता कार्य हुन नदिन‚ प्रभावकारी अनुगमनको व्यवस्था मिलाउने र सबै उद्यमी‚ व्यपारीहरुलाई मुल्य सूची राख्न लगाउने ।
–ईन्धन अभावको कारण देखाई लामोरछोटो दुरीका भाडामा सवारी साधनहरुले यात्रुहरुसंग बढी पैसा असुल गर्ने दुर्व्यवहार गर्ने क्षमता भन्दा बढी यात्रु राख्ने आदी हुन सक्ने भएकोले यात्रुहरुको सुरक्षालाई दृष्टीगत गरी राजमार्गरसहायक राजमार्गहरुमा चेकजाँचको भरपर्दो व्यवस्था मिलाउने ।
–देशका शहरी क्षेत्ररशहर उन्मेख क्षेत्र तथा अन्य जुनसुकै स्थानमा अवैद्य मदिरा उत्पादन तथा विक्री वितरण‚ जुवातास‚ लंगुरबुर्जा‚ जस्ता गतिविधीलाई कडाईका साथ नियन्त्रण गर्ने तथा राजमार्ग छेउछाउमा खुल्ला रुपमा दुषित खाद्य पदार्थ विक्रि वितरण हुन गर्न नदिन नियमित रुपमा अनुगमन गर्ने ।
–चाडपर्वहरुको वेलामा पटका‚ आतसवाजी लगायतका विष्फोटक पदार्थहरुको आयात‚ ओसार पसार तथा प्रयोग हुन नदिने व्यवस्था कडाईका साथ लागु गर्ने ।
–सिमा क्षेत्रमा तस्करी‚ लुटपाट गर्ने‚ ठग्न सक्ने भएकोले त्यस्ता घटना हुन नदिन नेपाल भारत सिमा क्षेत्रमा सुरक्षा सतर्कता बढाउने ।
–जिल्ला स्थित कार्यालयहरु तथा कारागारको आवश्यक सुरक्षा व्यवस्था मिलाउन‚ नीजि प्रयोजनको लागि सरकारी सवारी साधनको प्रयोगलाई निरुत्साहित गर्ने । सबै सरकारी कार्यालयहरुमा भरपर्दो पालो पहराको व्यवस्था मिलाउने ।
–लामो दुरीका सार्वजनिक सवारी साधनहरुमा अनिवार्य दुई वटा चालक राख्ने व्यवस्था मिलाउने र राजमार्गमा ठाउ ठाउमा ट्राफिक प्रहरीबाट नियमित अनुगमनको व्यवस्था मिलाउने ।
–चाडवाडका समयमा विभिन्न गन्तव्य तर्फ जाने यात्रुहरुले सहज रुपमा टिकट पाउन नसकिरहेको भन्ने विषयलाई दृष्टिगत गरी तहाँ कार्यालयहरुले सम्बन्धी यातायात व्यवसायी‚स्थानिय प्रशासनसंग समेत समन्वय गरी सबै यात्रुहरुले सहजरुपमा आफ्नो गन्तब्यसम्म जाने व्यवस्था गर्न पहल गर्ने ।
– चार्ड पर्वको अवसर पारी सवारी चालकहरुले समेत मा।प।से।गरी सवारी चलावन सक्ने भएको हुदाँ जाँचको नियमित रुपमा व्यवस्था मिलाउने ।
–स्थानिय प्रशासन तथा सुरक्षाका स्थानिय निकायहरुसँग निकट सम्पर्क र समन्वयमा कार्य गर्दै सुरक्षा वतावरणलाई मजबुत तुल्याउदै लैजाने ।
–बिशेष गरी चार्डवर्बको बेला बढ्ने राजमार्गमा हुने सवारी साधन डकैति नियन्त्रण गर्न विशेष योजना बनाउन लगाई कार्यान्वयन गर्न ।
–आ–आफ्ना जिम्वारी क्षेत्र भित्र तथा सिमावर्ती नाकाहरुमा कडाईका साथ चेकजाँच एवं योजनाबद्ध रुपमा सिमा गस्ती कार्यक्रम तत्कालै प्रारम्भ गरी चाड पर्वमा बिस्फोटक पदार्थ‚ पट्का‚ भईचम्पा जस्ता चिजबस्तु नियन्त्रण गर्न काउण्टरपार्ट प्रहरी निकायसंग समन्वय गरी अपराध र अपराधि विरुद्ध कडा रुपमा काम कारवाही गर्ने ।
– चाड पर्वको नाममा विभिन्न वहाना बनाई आर्थिक लाभ लिने कार्यलाई पुर्ण रुपले निरुत्साहित गर्ने गराउने ।
–सवारी साधनको अवस्था ठिक भए नभएको चेकजाँच गर्ने ।
–लामो दुरीका सार्वजनिक यातायातका सवारी साधनहरुमा २ जना चालक भए नभएको चेकजाँच तथा अनुगमन गर्ने । डवल चालक सम्बन्धमा प्रत्येक चालकले कुन स्थान देखि कुन ठाउ सम्म सवारी चलाउने हो सोको वारेमा एकिन हुनु पर्ने ।
–ट्राफिक चेकिङलाई कडाईका साथ लागु गर्ने ।
–यात्रु वाहक सवारीले समान बोके नबोकेको चेकजाँच गर्ने ।
–सार्वजनिक यातायातका सवारी साधनहरुले स्पष्ट यात्रु सुची तथा भाडादर रेट भए नभएको चेकजाँच गर्ने । रात्री कालिन चेकिङलाई प्राथमिकता राख्ने ।
–टाईमकार्ड लागु भएका स्थानहरुमा कडाईका साथ कार्यान्वयन गर्ने ।

पृष्ठभुमीः – नेपालीहरुको महान चार्ड दशै तिहार र छठ पर्वमा मानिसहरुको आवत जावत, किनमेल एंव नगद कारोवार बढी हुने, चार्डपर्वको अवसरमा मानिसहरुले मादक पदार्थ सेवन तथा जुवातास जस्ता गतिविधीले गर्दा अन्य अपराधिक घटनाहरु बढ्ने गरेको तथा यस जिल्लाको उतरी भेगमा चाड पर्वको अवसरमा विभिन्न किसिमको घटनाहरुको न्यूनिकरण ।
– राजमार्ग अन्तर्गतका वडा एरियाहरुमा कुनै प्रकारको चोरी, लुटपाट तथा सवारी दुर्घटना लगाएतका घटना हुन नदिनु ।
– शान्ति सु–व्यवस्था कायम राखी सर्वसाधारणको जिउ–धनको सुरक्षाको प्रत्याभुति दिलाउनु ।
– सवारी साधनको चेकिङलाई कडाईका साथ लागु गर्नु ।
– सवारी साधन भित्र सिट क्षमता भन्दा बढी यात्रु राख्न नदिनु ।
– लोकमार्गमा जथाभावि सवारी पार्किङ रोक्नु ।
– यात्रुसगँ बढि भाडा लिने कार्यलाई निरुसाहित गर्नु ।
– अन्य विभिन्न आपराधिक प्रवृत्तिका व्यक्तिहरुबाट हुन गर्न सक्ने विविध आपराधिक गतिविधिहरुलाई निरुत्साहित पारी शान्ति सु–व्यवस्थालाई चुस्त दुरुस्त बनाउनु ।

सुरक्षा चुनौतिहरुः

– चोरी डकैति, लुटपाट तथा राजमार्ग एरियामा हुने सवारी दुर्घटना लगायत अन्य अपराधिक कृयाकलपहरुबाट हुन सक्ने असहज परिस्थिती ।
– राजमार्ग अन्तर्गतका एरिया ईलाकाहरुमा हुन सक्ने चोरी, लुटपाट तथा सवारी दुर्घटना लगाएतका घटनाहरुमा वृद्धि हुन सक्ने ।
–उल्लेखित घटनाहरुको कारण आम जनमानसमा असुरक्षाको आभास एवं सन्त्रास फैलिनु ।

२०७४ असोज ११ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: