Fri. Mar 7th, 2025

१३ औं सागमा २५ खेल समावेश गरिने

१० असोज,  धादिङ –

सन् २०१९ मा हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग)मा २५ खेल समावेश हुने भएको छ ।

आगामी सन् २०१९ मार्च ९ देखि १८ गतेसम्म काठमाडौँ र पोखरामा हुने सागमा एथलेटिक्स, बास्केटबल, बक्सिङ, धनुकाँड, ब्याडमिण्टन, साइक्लिङ, फेन्सिङ, फुटबल, ह्याण्डबल, जुडो, कबड्डी, सुटिङ, स्क्वास, पौडी, तेकाण्दो, टेनिस, टेबुल टेनिस, ट्राथलन, भलिबल, भारोत्तोलन, कुस्ती, उसु, खो खो, कराते र गल्फ खेल समावेश हुने नेपाल ओलम्पिक कमिटिका अध्यक्ष जीवनराम श्रेष्ठले जानकारी दिए ।

२३ खेलमा सहभागी राष्ट्रको सहमति भएको र बाँकी दुई खेल कराते र गल्फ आयोजक राष्ट्रको हैसियतले नेपालले समावेश गर्न लागेको जानकारी दिए।

२०७४ असोज १० गते प्रकाशित

 

About The Author

अन्य समाचारहरु: