
९ असोज, धादिङ –
धादिङको त्रिपुरासुन्दरी गाउँपालिका स्थित सल्यानटारमा आइतबारदेखि क्रिकेट प्रतियोगिता सुरु भएको छ ।
सल्यानटार युनाईटेड क्लबको आयोजनामा त्रिपुरासुन्दरी स्तरीय क्रिकेट प्रतियोगीताको आयोजना गरिएको हो । प्रतियोगीतामा ८ वटा टिम रहेका छन् ।
सल्यानटार युनाईटेड क्लबले दशैंलाई लक्षित गरी यही असोज १३ गते (महानवमी)का दिन सल्यानटारमा बृहत सांस्कृतिक कार्यक्रम पनि गर्दै छन् ।
२०७४ असोज ९ गते प्रकाशित