Wed. Nov 27th, 2024

धादिङमा डेङ्गुका बिरामी भेटिए


१ असोज, धादिङ  –

धादिङमा डेङ्गु रोगका बिरामी भेटिएको छ । जिल्ला अस्पताल धादिङमा उपचारका लागि आएका बिरामीमा डेङ्गु रोगको संक्रमण फेला परेको जिल्ला स्वास्थ्य कार्यालय धादिङले जनाईएको छ ।

अत्याधिक ज्वरो आएका बिरामीको उपचारका क्रममा रगत परिक्षण गर्दा दुई जनामा देखा परेको हो । केही दिन अघि जिल्ला स्वास्थ्य कार्यालय धादिङमा काम गर्ने एक जनालाई यो रोग देखा परेको थियो । अहिलेसम्म जिल्ला अस्पताल धादिङमा तीन जनालाई यस रोग देखापरेको अस्पतालले जनाएको छ ।

डेङ्गु रोगको संक्रमण फेला परेपछि परिक्षण गराएपछि पुष्टि भएको हो । अत्याधिक ज्वरो आएको बिरामीको रगत परिक्षण गर्दा पुन यो रोगको संक्रमण देखा परेको जिल्ला अस्पताल धादिङका सुचना अधिकारी कृष्ण उप्रेतीले जानकारी दिए । यसै हप्ता मात्र धादिङ जिल्ला अस्पतालमा दुई जना बिरामी यस रोगको देखा परेको हो ।

विशेष गरी धादिङमा बढ्दो शहरीकरणका कारण बजार क्षेत्रमा बढ्दै गएको फोहोरका कारण लामखुट्टे पनि बढ्न थालेकोले यो रोग देखा परेको स्वास्थ्यकर्मीहरुको भनाई छ ।

डेङ्गु एडिज नामक लामखुट्टेको टोकाईबाट सर्ने रोग हो । यस रोगबाट बच्नका लागि घर टोल सफा राख्ने र फोहर पानीहरु जम्न नदिने जस्ता सावधानीका उपायहरु अवलम्वन गर्न पनि चिकित्सकहरुले सल्लाह दिएका छन् ।

२०७४ असोज १ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: