Wed. Nov 27th, 2024

शिक्षक संगठन सिद्धलेकको अध्यक्षमा श्रेष्ठ

१ असोज, धादिङ –

नेपाल राष्ट्रिय शिक्षक संगठन सिद्धलेक गाउँपालिकाको अध्यक्षमा इन्द्रबहादुर श्रेष्ठ सर्वसम्मती चयन भएका छन् ।

संगठनको शनिबार भएको प्रथम अधिवेशनले उपाध्यक्षमा अन्जु थपलिया, टंक खनाल, सचिवमा धुव्र खतिवडा, कोषाध्यक्षमा दिपक श्रेष्ठ, सहसचिवमा टिकादेवी सिलवाल र सहकोषाध्यक्षमा दयालक्ष्मी थापा मगरलाई चयन गरेको छ ।

त्यस्तै वडा नं १ मा देवी अर्याल, वडा नं २ मा राजकुमार श्रेष्ठ, वडा नं ३ मा रमेश नेपाल, वडा नं ४ मा राजकुमार श्रेष्ठ, वडा नं ५ मा रामहरि खनाल, केशरबहादुर विक, वडा नं ७ मा जनक आचार्य महिला आरक्षण वडा सदस्यमा पवित्रा सिलवाल र दर्लामी मगर र संस्थागत विद्यालय तर्फ मनु रेग्मी चयन भएका छन् ।

भेलाले झकं बहादुर थापा, हरिचन्द्र शर्मा र जानुका खनाललाई प्रदेश प्रतिनिधिका लागि छनोट गरिएको छ ।

२०७४ असोज १ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: