Tue. Nov 26th, 2024

धादिङबेसी बजारमा आपूर्तिराज्य मन्त्रीले गरे अनुगमन


३१ भदौ, धादिङ –

चाडपर्व नजिकिरहदाँ आपूर्ति राज्यमन्त्री कर्णबहादुर विश्वकर्माले धादिङबेसीका बजारमा संचालित पसलको अनुगमन गरेका छन् ।

चाडपर्वको समयमा उपभोक्ताहरुले दैनिक उपभोग्य सामान किन्दा कोही पनि नठगिउन भनेर उदेश्यले अनुगमनलाई तिव्रता दिईएको बताए ।

मन्त्री विश्वकर्माले धादिङबेसीका पेट्रोल पम्प, होटल, तरकारी, सुन, कपडा, कस्मेटिक, मासु पसल लगायतका पसलमा अनुगमन गरे ।
अनुगमनका क्रममा सदरमुकाम क्षेत्रमा संचालित व्यापारीले मूल्य बढी लिएको, कर छली गरेको पाईएको छ ।

त्यस्तै मासु पसल तथा होटलमा फोहोर तथा गुणस्तर कम भएको उनले बताए । यसलाई कडाईका साथ अनुगमन गरी ब्यपारीहरुलाई करको दायरामा ल्याउन राज्यमन्त्री विश्वकर्माले स्थानीय प्रशासनलाई निर्देशन दिए ।

अनुगमनको कार्य चाडपर्वको समयमा मात्र नभई जुनसुकै समयमा पनि निरन्तर रुपमा गरिने बताए ।

२०७४ भदौ ३१ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: