Fri. Mar 7th, 2025

थाइल्याण्ड २६ रनमा अलआउट, नेपालको जित

२६ भदौ, काठमाडौं ।

नेपालले मलेसियामा जारी एसीसी यु–१९ एसिया कप क्रिकेटको छनोटमा थाइल्याण्ड विरुद्ध जित हात पारेको छ । नेपालले थाइल्याण्डलाई २५५ रनको भारी अन्तरले पराजित गरेको हो ।

एकपछि अर्को विकेट लिएको नेपाली बलरसामु थाइल्याण्डका कुनै पनि ब्याट्सम्यान टिकेर खेल्न सकेनन् । थाइल्याण्डमाथि नेपालले उत्कृष्ट बलिङ गर्दै विजयी सुरुवात गरेको छ । नेपालका लागि सन्दिप लामिछाने एक्लैले ७ विकेट लिए ।

नेपाललाई विकेट दिलाउने क्रममा आफ्नो पहिलो ओभर बलिङ गर्न आएका सन्दिप लामिछानेले पहिलो ओभरमा नै दुई विकेट लिदै नेपालका लागि चौथो सफलता दिलाएका थिए । त्यसको एकओभर पछि पुनः आफ्नो दोस्रो ओभर बलिङ गर्न आएका सन्दिपले थप २ विकेट लिन सफल भए । ह्याट्रिक विकेट नजिक पुगेका सन्दिपले चौथो र पाचौ बलमा विकेट लिएका थिए भने यो ओभरमा एक रन पनि दिएनन् । आफ्नो तेस्रो ओभरमा पनि सन्दिपले एक विकेट लिन सफल भए ।

 

२०७४ भदौ २६ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: