
सृजना लम्साल /२५ भदौ, धादिङ ।
पुन निर्माणका लागी सरकारले उपलब्ध गराउने अनुदानको दोस्रो किस्ता रकम समयमा नै नपाए पछी दक्षिणी धादिङको गजुरी गाउपालीका वडा न ५ च्याङलीका धनवहादुर सुनारको यसपालीको दशै पनि टहरामै बित्ने भएको छ ।
पहिलो किस्ता ५० हजारले घर बनाउन शुरु गरेका सुनारले दोस्रो किस्ता दिनका लागी ढिलाई गरे पछी निर्माण कार्य नै अलपत्र परेका कारण समस्या परेको हो ।
गाँउमा आफलेु बनाएका घरको मुल्याङ्गनका लागी प्राविधिकहरु नआएका कारण निमार्ण सम्पन्न भएका घरहरुले दोस्रो किस्ताको रकम नपाएको उनले दुखेसो पोखे । “पटक पटक प्राविधिकहरुलाई घरमा मुल्याङ्गनका लागी खबर गरेको भए पनि आफुहरु एक पटक आएर निर्माण सम्पन्न भएको मुल्याङ्गन गरीदिने प्रबिधिकले बताएको सुनारको भनाई छ” । यस वर्षको दशै पक्कि घरमा नै बसेर मनाउने आसामा रहेका सुनारको आशा निराशामा परिणत भएको छ । वर्षात भरी टहरामा बसेर दिन गुजार्दै आएका सुनारको यस वर्षको दशै तिहार पक्कि घरमा नै बसेर मनाउने आशा मरेको बताए ।
सुनारले दुखेसो पोख्दै भने आफुहरु त जसोतसो दुख टारेर पनि टहरामानै वसेका छौ दशै तिहारममा आउने पाहुनाहरुलाई खुवाउने भन्दा सुताउन ठाउँको पिरले पोलको छ । गाउँमा प्रविधिकहरुको लापरवाहीका कारण धेरै भुकम्प पिडितहरु घर निर्माणको क्रममा अनुदानको दोस्रो किस्ता रकम पाउन ढिलाई भएको पनि उनले वताए ।
विकट स्थानका विपन्न र गरिव परिवारका मानिसहरु प्रबिधिको झमेलाका कारण यस्ता समस्यामा परेका छन । घर नभएका कारण यस वर्ष भित्राईएका अन्नपात समेत राख्ने ठाँउ नभएकोले झनै समस्या आएको स्थानीयको भनाई छ ।
२०७४ भदौ २५ गते प्रकाशित