२२ भदौ,काठमाण्डौ–
तीस मेगावाट क्षमताको पिके हाइड्रोपावर प्रालिमा रुसले रु पाँच अर्ब १० करोड लगानी गर्ने भएको छ ।उद्योग मन्त्रालयअन्तर्गतको उद्योग लगानी तथा प्रवद्र्धन बोर्डको बुधबार बसेको बैठकले उक्त आयोजनामा रुसको लगानीलाई स्वीकृति दिएको उद्योग विभागका महानिर्देशक शंकर अर्यालले जानकारी दिए । पिके हाइड्रोपावर रामेछाप, ओखलढुंगा र दोलखाको सिमानामा पर्ने लिखु खोलामा अवस्थित छ ।
उद्योग मन्त्रालयको समेत जिम्मेवारीमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा बसेको बोर्ड बैठकमा विदेशी लगानी प्रोत्साहन गर्ने, स्वदेशी उद्योगलाई प्रवद्र्धन गर्ने तथा उद्योग क्षेत्रमा सुधार गर्ने जस्ता नीतिका बारेमा समेत छलफल भएको थियो ।
बोर्डले दुई अर्ब रुपैयाँभन्दा बढीको विदेशी लगानीलाई स्वीकृति दिने गर्दछ । नेपालमा आर्थिक वर्ष २०७३÷७४ सम्म जम्मा चार हजार ७५ उद्योगमा रु दुई खर्ब १२ अर्ब ८३ करोड ८५ लाख विदेश लगानी भएको छ ।
२०७४ भदौ २२ गते प्रकाशित