Wed. Nov 27th, 2024

धादिङमा खुल्ला दिसामुक्त घोषणा अभियान सुस्त


२२ भदौ, धादिङ –

धादिङ जिल्लामा खुल्ला दिसामुक्त क्षेत्र घोषणा अभियान सुस्त भएको छ । २०७४ असोजसम्म जिल्लालाई खुल्ला दिसामुक्त क्षेत्र घोषणा एवम् पूर्ण सरसफाई घोषणा गर्ने भएपनि हालसम्म साविकको २४ वटा गाविसमा खुल्ला दिसामुक्त क्षेत्र घोषणा गरिएको छ ।

जिल्लाको धुनिवेशी नगरपालिका, रुविभ्याली गाउँपालिका, सिद्धालेक गाउँंपालिका तथा नेत्रावती गाउँपालिकामा अझै पनि खुल्ला दिसामुक्त हुन सकेको छैन । घोषणा मिति आउन करीब १ महिना मात्र बाँकी रहदाँ काम सुस्त गतिमा भएको छ ।

जिल्ला खानेपानी तथा सरसफाई आयोजना सरसफाइ तथा समन्वय समितिको आयोजना तथा अन्य संघसस्थाको सहयोगमा धादिङमा आयोजना गरिएको कार्यक्रममा धादिङ जिल्लालाई चाँडै नै खुल्ला दिसामुक्त गर्नु पर्ने भएतापनि काम सुस्त गतिमा भएको बताएका छन् ।
जिल्ला प्रशाशनले जिल्लालाई खुल्ला दिसामुक्त घोषणा गर्न सवै खाले समन्वय गर्ने प्रमुख जिल्ला अधिकारी श्याम प्रसाद भण्डारीले बताए ।

खुल्ला दिसामुक्त क्षेत्र घोषणा हुन नसक्नुमा पानीको समस्या तथा भौगोलिक विकटता तथा भुकम्प पछिको पुन निर्माण रहेको धुनिवेशी नगरपालिकाका प्रमुख वालकृष्ण आचार्यले बताए ।

नीजिस्तरमा बनेको सार्वजनिक शौचालय बनाउने नाममा हजारौ ठगी भईरहेको र धादिङलाई खुल्ला दिसामुक्त गर्नको लागि राजमार्ग क्षेत्रमा शौैचालय निर्माण गर्नुपर्ने कार्यक्रममा सहभागीले बताएका छन् ।

२०७४ भदौ २२ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: