
२० भदौ, धादिङ –
एनआरएन बेल्जियमको अध्यक्षमा धादिङका लोक दाहाल निर्वाचित भएका छन् । आगामी कार्यकालको (सन् २०१७–२०१९) अध्यक्षका पदका लागि भएको निर्वाचनमा धादिङको गंगाजमुना गाउँपालिका बुढाथुमका लोक दाहाल विजयी भएका हुन् । आइतबार भएको निर्वाचनमा दाहालले १ हजार १ सय ८३ मत ल्याए भने उनका प्रतिद्धन्द्धि सन्तोष जोशीले ९ सय ४१ मत ल्याए ।
धादिङको बुढाथुममा जन्मिएका दाहाल सन १९९९ देखि बेल्जियमको आन्तोर्पेनलाई आफ्नो कर्म क्षेत्र बनाउदै त्यही ब्यवसाय गर्दे आएका छन् । दाहाल बेल्जियमा सफल नेपाली ब्यवसायी को रुपमा समेत चिनिन्छन् ।
जनप्रगतिशिल मञ्चको वरिष्ठ उपाध्यक्ष सम्मको जिम्मेवारी सफलता पुर्वक पुरा गरेका दाहालले २०१३ देखि २०१५ सम्म नेपाली ब्यबसायी संघ बेल्जियमको महासचिवमा रहेर कुसलता पुर्वक नेतृत्वदायी भुमिका निभाइसकेका छन् ।
बेल्जियम गए देखि नै कुनै न कुनै रुपमा नेपाली संघ संस्थाहरु मार्फत वा ब्यक्तिगत रुपमा पनि नेपाली समाजकै गतिबिधिमा घुलमिल भैरहेकोले र नेपालीहरुको पिर मर्का र विपत्तमा आवाज उठाइरहेका छन् ।
बरिष्ठ उपाध्यक्षमा कमल पन्थी, प्रथम उपाध्यक्षमा गोबिन्द सिंह अधिकारी, उपाध्यक्षमा खड्ग बहादुर के.सी., योगिता थापा, महिला उपाध्यक्षमा अनुजा प्रधान महासचिवमा आङ माया लामा, सचिवमा प्रेम तिमिल्सिना, जीवन शर्मा, महिला सचिवमा मुना ताम्राकार र कोषाध्यक्षमा दर्शन गुरुङ विजयी भएका छन् ।
त्यस्तै युवा संयोजकमा रविन पण्डित, महिला संयोजकमा श्रीमती हरी भट्टराई, क्षेत्रीय संयोजकमा कृष्ण सिम्खडा, बाबुराजा लामा, प्रदिप पौडेल, राम प्रसाद सापकोटा, गोपाल दाहाल, रुपा शाक्य, कुल बहादुर खत्री विजयी भएका छन् । त्यसैगरी सदस्यहरुमा चिज कुमार श्रेष्ठ, कुल बहादुर कार्की, किरण पुन, राजु घिमिरे, दीपक नेउपाने, आङबाबु शेर्पा, मिन दोर्जे थापा, दीपक राउत, मैया नेपाल, सिता के.सी., कमला पुन, पेमा शेर्पा, बेञ्जु उप्रेती, मनरुपा लिम्बु, रिता श्रेष्ठ, शुसिला सुबेदी विजयी भएका छन् ।
२०७४ भदौ २० गते प्रकाशित