Mon. Mar 10th, 2025

प्रधानमन्त्रीको भारत भ्रमणः सत्तारुढ नै क्षुब्ध

१३ भदौ, काठमाडौं – 

प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणका बेला उठेका संविधान संशोधन र कोसी उच्च बाँधका विषयलाई लिएर सत्तारुढसहित विपक्षी दलले आक्रोश पोखेका छन्। उनीहरूले संविधान संशोधनका विषयमा देउवाको अभिव्यक्ति र नेपाल–भारत संयुक्त विज्ञप्तिका सम्बन्धमा सर्वदलीय बैठकमार्फत प्रधनमन्त्रीले प्रस्ट पार्नुपर्ने माग गरेका छन्।

संविधान संशोधनमा आफूले संसदमा दुईतिहाइ जुटाउन नसकेकाले त्यसका लागि पहल गर्न भारतीय प्रधानमन्त्रीलाई आग्रह गर्दै देउवाले राष्ट्रिय स्वाभिमान गिराएको दलका नेताहरूको आरोप छ। संयुक्त विज्ञप्तिको बुँदा नं। २८ मा कोसी उच्च बाँधबारे राष्ट्रिय सहिमतिविना सहमति गर्नु मुलुकका लागि धोका भएको टिप्पणी सत्ता गठबन्धनकै माओेवादी केन्द्र, विपक्षी एमाले, राप्रपालगायत केही साना दलले गरेका छन्।
एमाले वरिष्ठ नेता झलनाथ खनालले ४६ बुँदे सहमति र संविधान संशोधनबारे उठेका विषय राष्ट्रिय हित अनुकूलका नभएको बताए। ‘कुनै पनि राष्ट्रले अरूको आन्तरिक मामिलामा कुरा राख्नु राम्रो हुँदैन,’ खनालले भने, ‘आफ्नो देशको काम कारबाहीको रिपोर्टिङ गर्ने कार्य प्रधानमन्त्रीबाट हुनु दुर्भाग्यपूर्ण कदम हो।’

माओवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले दल र प्रधानमन्त्रीले कम्तीमा पनि मंसिर १० गते प्रस्तावित प्रदेश र प्रतिनिधिसभाको चुनावसम्म संविधानबारे जथाभावी टिप्पणी गर्न नहुने बताए। अन्नपूर्ण पोस्ट दैनिकबाट

२०७४ भदौ १३ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: