Thu. Mar 6th, 2025

क्रिस्टियानो रोनाल्डोलाई युएफा वर्ष खेलाडीको अवार्ड

९ भदौ, धादिङ –

रियल मड्रिडका स्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डोले युएफा वर्ष खेलाडीको अवार्ड हात पारेका छन् । लियोनल मेसी र जियानलुइजी बुफोनलाई पछि पार्दै उनले अवार्ड हात पारेका हुन् ।

रोनाल्डोको उत्कृष्ट प्रदर्शनको सहायताले नै रियल मड्रिडले लगातार दुई पटक च्याम्पियन्स लिग जित्न सफल भयो । टुर्नामेन्टमा १२ गोल गर्दै उनी सर्वाधिक गोलकर्ता भएका थिए । उनले लालिगामा भने ४६ खेलमा ४२ गोल गरेका थिए । यो उपाधीसँगै रोनाल्डोले तीन पटक युएफा वर्ष खेलाडीको उपाधी जितेका छन् । उनका प्रतिद्वन्दी लियानल मेसीले भने दुई पटक युएफा वर्ष खेलाडीको अवार्ड जितेका छन् ।

च्याम्पियन्स लिग र युरोपा लिगका ८० जना प्रशिक्षक र ५५ जना पत्रकारको समूहको मुल्यांकनबाट रोनाल्डो वर्ष खेलाडी भएका हुन् । रोनाल्डोले ४८२ प्वाइन्ट्स, मेसीले १४१ प्वाइन्ट्स र बुफोनले १०९ प्वाइन्ट्स प्राप्त गरेका छन् ।

२०७४ भदौ ९ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: