

६ भदौ, धादिङ –
धादिङको धुनीबेसी नगरपालिकामा प्रथम धुनीबेसी गोल्डकप खुल्ला फुटबल प्रतियोगीता आयोजना गरिने भएको छ । धुनिबेशी युवा क्लब र बृशेस्वर युवा क्लब को संयुक्त आयोजनामा आगामी असोज ३ गतेदेखि प्रतियोगीता संचालन गर्ने जनाएको छ ।
धादिङ जिल्लामा रहेका खेल प्रतिभाको पहिचान र खेलाडीको स्तर उन्नति गर्नेको उदेश्य सहित धुनिबेशी नगर पालिकामा फुटबल एकेडेमी निमार्णका लागि सहयोगार्थ प्रतियोगीताको आयोजना गरिएको हो ।
धुनीबेसी नगरपालिका वडा नं ५ स्थित खेलमैदानमा हुने प्रतियोगीताका लागि असोज १ गतेभित्र सहभागीले नाम दर्ता गराइसक्नु पर्ने आयोजकले जानकारी दिएको छ ।
प्रतियोगीतामा विजेताले नगद एक लाख शिल्ड, मेडल र प्रमाणपत्र र उपविजेताले हुनेलाई नगद पचास हजार शिल्ड मेड्ल र प्रमाणपत्र प्रदान गरिने प्रतियोगीताका संयोजक दिनेश रुपाखेतीले जानकारी दिए ।
२०७४ भदौ ६ गते प्रकाशित