Wed. Nov 27th, 2024

मातृशिशु तथा बाल्यकालिन पोषण सुधारका लागि तालिम


२८ साउन, धादिङ –

 

मातृशिशु तथा बाल्यकालिन पोषण सुधारका लागि धादिङमा तालिम प्रदान गरिएको छ । शान्ति नेपालको आयोजना र सुआहारा धादिङको प्राविधिक सहयोगमा संचालित तालिममा मातृशिशु तथा वाल्यकालिन पोषण सुरक्षाका लागि सामाजिक व्यवहार परिवर्तनका विषयमा जानकारी गराइएको थियो ।

तालिममा शान्ति नेपालका कार्यक्रम संयोजक, फिल्ड अधिकृत, कृषि र पशु प्राविधिक, सामुदायिक स्वास्थ्य सहजकर्ता र सामुदायिक विकास सहजकर्तारु गरी २३ जनाको सहभागिता रहेको थियो । बालबालिका, किशोरी र महिलाहरुको घरपरिवारमा पोषण सम्वन्धि व्यवहारमा परिवर्तन ल्याउने र समुदायमा ज्ञान सिप र धारणामा सकारात्मक परिवर्तन ल्याउने, उद्देश्यले तालिमको आयोजना गरिएको शान्ति नेपालका सामुदायिक स्वास्थ्य तथा सशक्तिकरण परियोजनाका संयोजक इन्द्रमान शाक्यले बताए ।

तालिममा पोषण, पोषक तत्वको प्रकार र यसको महत्व, कुपोषण, यसको प्रकार, असर, सिफारिस गरिएका व्यवहार, सामाजिक परिवर्तनका लागि सञ्चार, र लगायतका विषयमा सहजिकरण गरिएको थियो । यसै गरी तालिममा व्यवहार परिवर्तनका चरणहरु, उपायहरु, सुन्ने र सिक्ने सिप, थप वा पुरक खाना, स्तनपानको महत्व, स्तनपानको आसन, किशोरी तथा मातृपोषण, लैङ्गिकता, समता र समानताका विषयमा समेत सहजिकरण गरिएको थियो ।

तालिममा सुआहारा धादिङका पोषण अधिकृत कपिल शर्मा, इन्दुका कार्की, कृति चौधरी, एन ट्यागका पोषण अधिकृत राम लम्सालले, विषय वस्तुमाथि सहजिकरण गरेका थिए । तालिम तीनदिनसम्म चलेको पोषण तथा खाद्य सुरक्षा कार्यक्रमका संयोजक लालप्रसाद पोखरेलले जानकारी दिए ।

२०७४ साउन २८ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: