२३ साउन, धादिङ –
धादिङको त्रिपुरासुन्दरी गाउँपालिका वडा नं १ स्थित सल्यानटारका क्यान्सर पीडित धनकुमारी श्रेष्ठलाई कतारमा रहेका नेपालीहरुले सहयोग गरेका छन् ।
धादिङ सल्यानटार सेवा समाज दोहा कतारले उपचारका लागि नगद १० हजार सहयोग गरेको हो । सल्यानटार घर भई कतारमा काम गरिरहेका नेपालीहरुबीच संकलन गरिएको नगद क्यान्सर पीडितको उपचारका सहयोग मिल्ने संस्थाका अध्यक्ष लक्ष्मीकिशोर श्रेष्ठले बताए ।
६७ वर्षीय धनकुमारी १ महिनादेखि उपचारका लागि चितवन स्थित भरतपुर क्यान्सर अस्पतालमा भर्ना भएकी छन् । आर्थिक अवस्था कमजोर भएका कारण उपचारमा कठिनाई भएकाले सहयोगका लागि आग्रह गरेकी छन् ।
२०७४ साउन २३ गते प्रकाशित