Fri. Feb 28th, 2025

नेपाल पर्वतारोहण संघको अध्यक्षमा लामा, महासचिवमा गुरुङ विजयी

२२ साउन,  धादिङ –

नेपाल पर्वतारोहण संघ (एनएमए) को अध्यक्षमा सन्तवीर लामा विजयी भएका छन् ।

निकटतम प्रतिद्धन्द्धी जिम्बाजाङबु शेर्पालाई ६७ मतले पराजित गर्दै लामा विजयी भएका हुन् । उनले ३८३ मत प्राप्त गरे भने शेर्पाले ३१६ मत ल्याए ।

शनिवार भएको निर्वाचनको मतपरिणाम अनुसार महासचिव बाहेक सबै पदाधिकारीहरु लामा समूहका उम्मेदवरले विजयी हाँसिल गरेको छ । भने चार सदस्य जिम्बाजाङबु शेर्पा नेतृत्वको समूहले जितेको छ ।

कार्यसमितिको प्रथम उपाध्यक्षमा लामा समूहकै दिवश विक्रम शाहले ३ सय ७० मत, द्धितिय उपाध्यक्षमा पनि लामा समुहकै माया शेर्पा विजयीले ३ सय ८४ मत ल्याई विजयी भए ।

महासचिवमा भने शेर्पा समूहका उम्मेद्वार कुलबहादुर गुरुङले जित हाँसिल गरेका छन् त्यस्तै, सचिवमा टिकाराम गुरुङ, कोषाध्यक्षमा सुदर्शन न्यौपाने विजयी भएका छन् । त्यस्तै सदस्यहरुमा पासाङ तेण्डी शेर्पा, सिंगी लामा, मिङमार शेर्पा, विनय शाक्य, र सञ्जिव गुरुङ, डा. हरि प्रसाद श्रेष्ठ, आङछेवाङ शेर्पा, दा ग्याल्जेन शेर्पा र तुल्सिङ गुरुङ निर्वाचिन भए ।

 

 

२०७४ साउन २२ गते प्रकाशित

 

About The Author

अन्य समाचारहरु: