
अनिता शाक्य /१९ साउन, धादिङ–
सहारा महिला बचत तथा ऋण सहकारी संस्था लि. ले १८ औँ स्थापना दिवस मनाएको छ ।
दिवसको अवसरमा बिहिबार धादिङबेसीमा अन्र्तक्रिया कार्यक्रमको आयोजना गरिएको छ । कार्यक्रममा नीलकण्ठ नगरपालिकाका मेयर भिमप्रसाद ढुङ्गानाको प्रमुख आतिथ्यता रहेको थियो । संस्थाले धादिङको नीलकण्ठ नगरपालिका र सिद्वलेक गाउँपालिकालाई कार्यक्षेत्र बनाई काम गरिरहेको छ ।
संस्थामा हालसम्म ३ हजार ५० साधारण सदस्य र १ हजार ३ सय बाल सदस्य गरी ४ हजार ३ सय ५० सेयर सदस्यहरु रहेका छन् । सहकारीले हालसम्म १३ करोडको कारोबार गरेको छ । महिलाहरुको क्षमता विकासका लागि सिन्के धुप बनाउने, साबुन बनाउने, बाँसबाट विभिन्न सामानहरु बनाउने, व्यूटिसियन लगाएतका तालिमहरु संचालन गर्दै आइरहेको छ ।
संस्थाका अध्यक्ष्य ज्योति श्रेष्ठको अध्यक्ष्यतामा भएको कार्यक्रममा संस्थापक अध्यक्ष्य पार्बती खाँण लगायत संस्थाका सेयर सदस्यहरुको उपस्थिति रहेको थियो । स्थापना दिवसका अवसरमा संस्थापक सदस्यहरुलाइ सम्मान गरिएको थियो ।
२०७४ साउन १९ गते प्रकाशित