

१९ साउन, धादिङ –
मन्त्रिपरिषद बैठकले बिहिबार नेपाल प्रहरीका ११ जना प्रहरी नायव महानिरीक्षक ९डीआईजी० लाई प्रहरी अतिरिक्त महानिरीक्षक ९एआईजी०मा बढुवा गरेको छ ।
एआईजीमा बढुवा हुने प्रहरी अधिकृतहरुमा जयबहादुर चन्द, देबेन्द्र सुवेदी, बमबहादुर भण्डारी, पशुपति उपाध्याय, केशरीराज घिमिरे, माधवप्रसाद जोशी, विजयलाल कायस्थ, कमल सिंह बम, मिङमार लामा, रणबहादुर चन्द र विजयकुमार भट्ट रहेका छन् ।
मन्त्रिपरिषद्को बैठकले बढुवा सिफारिस समितिले गरेको सफारिस अनुसार डीआईजीहरुलाई एआईजीमा बढुवा गरेको हो । बढुवा सिफरिस समितिले गत असार ३१ गते उनीहरुको बढुवाका लागि सिफारिस गरेको थियो ।
२०७४ साउन १९ गते प्रकाशित