Mon. Mar 10th, 2025

प्रधानमन्त्री देउवाद्धारा नारायणगढ–मुग्लिन सडकको अनुगमन

१८ साउन,  चितवन –

प्रधानमन्त्री शेरबहादुर देउवाले बुधबार नारायणगढ–मुग्लिन सडक अनुगमन गरेका छन् ।

स्तरोन्नतीको काम समयमै नसक्दा पहिरोका कारण बेलाबेलामा अवरुद्ध हुँदै आएको नारायणगढ-मुग्लिन सडकको स्थलगत अनुगमान गरेका हुन् ।

उनको साथमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री वीरबहादुर बलयार, मन्त्रालयका अधिकारी, सुरक्षाकर्मी लगायत थिए ।

हेलिकप्टरमार्फत् चितवन पुगेका प्रधानमन्त्री देउवाले दासढुंगामा नारायणगढ–मुग्लिन सडक निर्माणमा संलग्न व्यवसायीसँग सडकबारे जानकारी लिए । कार्यक्रममा बोल्दै प्रधानमन्त्री देउवाले छिटो भन्दा छिटो सडकको स्तरोन्नतिमा लागि पर्न निर्देशन दिए ।

प्रधानमन्त्रीले ठेकेदार कम्पनीलाई सम्झौता अनुसार उपलव्धिमूलक काम गर्न निर्देशन दिए। उनले सरकारले सडक निर्माणमा श्रोतसाधन, बजेटको कुनै अभाव हुन नदिने बताए ।

२०७४ साउन १८ गते प्रकाशित

 

About The Author

अन्य समाचारहरु: